सुचना, समाचार र मनोरन्जन

“ब्राण्ड लेखनाथ प्रर्वद्धन मेरो प्रतिवद्धता” : महासचिव पदका उम्मेद्वार सुवेदी

  •  
  •  
  •  
  •  

लेखनाथका युवा व्यवसायी उपेन्द्रराज सुवेदी(राजु) ले लेखनाथ उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन् । यही असोज १ र २ गते हुने संघको १३औं महाधिवेशनका लागि उनले महासचिवमा उम्मेदवारी दिएका हुन् ।

बर्तमान कार्यसमितिमा उपमहासचिव भएर काम गरेका सुवेदीले यस अगाडि संघका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आफूलाई अमूल्य मत दिइ विजयी गराउन उनले सम्पूर्ण उद्योगी व्यवसायीलाई अपिलसमेत गरेका छन् । चुनावी प्रचार प्रसारको क्रममा व्यवसायीहरुको घरदैलो कार्यक्रममा व्यस्त रहेका सुवेदीले दुई कार्यकाल कार्यसमिति सदस्य तथा १ कार्यकाल उप–महासचिव पदमा रहेर संघलाई महत्वपुर्ण योगदान दिएको र व्यवसायीहरुबाट आफुले पाएका प्रतिक्रियाका कारण जित सुनिश्चित रहेको दावी गर्दछन ।

“महासचिव जस्तो गरिमामय पदमा निर्वाचित भए साना व्यापारी देखी ठुला उद्योगी सँग सहकार्य गर्दै व्यवसायीका समस्या र हकहितका लागी विभिन्न निकायसँग समन्वय गर्ने, कृषि उपज खरिद बिक्रि केन्द्रलाई व्यवस्थीत गर्दै किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने सहयोग गर्ने तथा ब्राण्ड लेखनाथ लाई परिचित गराउँदै यस क्षेत्रका पर्यटन गतिविधि लाई विश्वबजारमा प्रर्वद्धन गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछु”–उनले भने ।

विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेका सुवेदी पेशाले फर्निचर व्यवसायी हुन् । श्रीराम काष्ठ उद्योग, श्रीराम युपिभिसी प्रालि, शुभम फर्निचर एण्ड फर्निसिङ सेन्टर, अर्चले एग्रो टुरिजम प्रालि, सप्तगण्डकी आरएमसी लगायतका व्यवसायमा उनको आबद्धता रहेको छ । नेपाल वन पैदावर गण्डकी प्रदेशको महासचिव भएर काम गरिरहेका उनी लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष हुन् ।

नागरिक परोपकार समन्वय संस्था कास्कीका आर्थिक संयोजक, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आजीवन सदस्य, लेखनाथ फर्निचर व्यवसायी संघको सल्लाहकार भएर काम गरिहेका छन् ।

कमेन्ट्स
Loading...