सुचना, समाचार र मनोरन्जन

एभरेष्ट रेमिटबाट पठाएको पैसा खल्तीबाट सजिलै पाइने

  •  
  •  
  •  
  •  

पोखरा /

अब विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती वालेटबाट सजिलै पाइने भएको छ ।

यसका साथै प्राप्त भएको उक्त रकम पुनस् खल्तीबाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सकिनेछ ।

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसैगरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् ।

कमेन्ट्स
Loading...