सुचना, समाचार र मनोरन्जन

टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ल्यायो यस्तो योजना

  •  
  •  
  •  
  •  

पोखरा /

इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

५८ हजार ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि।भी समेत जित्नेछन् ।

यस योजना अन्तर्गत टिसिएलका विभिन्न सामानहरु जसमा एलइडि टि।भीको खरिदमा ५८ हजार ७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँ सम्मको, एसिको खरिदमा ५१ हजार ५०० रुपैयाँ सम्मको साथै ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

साथै टिसिएलले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्ने जनाएको छ ।

टिसिएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएलएफवो टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नं लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भदौ २७ सिमित अवधिका लागि लागू गरिएको छ । टिसिएल ब्राण्डको अधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इओएल रहेको छ ।

कमेन्ट्स
Loading...