सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाद्वारा आमसंचार विधेयक पेश ( पुर्ण पाठ)

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेशमा आम संचार विधेयक पेश भएको छ । झण्डै दुई महिनामा चलेको प्रदेश सभामा प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले उक्त विधेयक पेश गरेका हुन ।

विधेयक पेश भएसङ्गै आमसंचार सम्बन्धमा बनेको विधेयक माथी विचार गरियोस भनी गरिएको छलफल पश्चात् आएका सुझावलाई मनन गर्दै विधेयक तयार गरिने मन्त्री थापाले बताए । विधेयक दफावार छलफलका लागि विधायन समितिमा गएको छ । संशोधनका लागि ७२ घण्टाको समय तोकिएको छ । सो समय अवधि भित्र आवश्यक सुझाव संकलन गरि संशोधन गरिने मन्त्री थापाले बताए ।

उनले आम संचार विधेयक मिडिया मैत्री हुने बताए । प्रदेशका पत्रकारको हितमा हुने गरि प्रेस रजिस्ट्रारको स्थापना गरिने र यस सम्बन्धमा आएका सकारात्मक सुझावलाई अनुसरण गरिने भनाई उनको छ । प्रस्तुत विधेयकमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको उल्लेख गरिएको छ ।

कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुने भनिएको छ ।

कमेन्ट्स
Loading...