सुचना, समाचार र मनोरन्जन

एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने‍

१५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने

  •  
  •  
  •  
  •  

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई उनले सम्बाेधन गर्नेछन् ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताए । १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख चापागाईंले बताए।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप–महासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भूमिश्वर ढकालले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको हो । भेलाका लागि जिल्लाका सबै कमिटी र सङ्गठनहरू परिचालन गरिएको तथा व्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए ।

कमेन्ट्स
Loading...