सुचना, समाचार र मनोरन्जन

सांग्रिला बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता

  •  
  •  
  •  
  •  

पोखरा /

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । योसँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

बैंकले मुलुकभर रहेको ९६ शाखा कार्यालयहरु र ३१ एटिएममार्फत सुविधा दिँदै आएको छ ।

कमेन्ट्स
Loading...