सुचना, समाचार र मनोरन्जन

शिव शक्ति ग्रुप काठमाडौं किङ्गसको गोल्ड पार्टनर

  •  
  •  
  •  
  •  

पोखरा /

शिव शक्ति ग्रुप काठमाडौं किङ्गस एक्सआइको गोल्ड पार्टनर भएको छ ।

टेलि होल्डिङ्गस अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्गस एक्सआइ र शिव शक्ति ग्रुपको फ्यामिली वोइल र उर्जा राइसबीच यसबारे सम्झौता भएको हो ।

सम्झौतापश्चात शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेको र आफुहरुले सामाजिक उत्तरदायित्वको महत्व बुझेर नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेको बताए ।

यसपालिको इपिएलमा काठमाडौं किङ्गस एक्सआइमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्ने एकमात्र नेपाली खेलाडी सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् ।

इपिएल किर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाट सुरु हुँदैछ ।

कमेन्ट्स
Loading...