सुचना, समाचार र मनोरन्जन

नगरपालिकाले चार पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता गर्न निर्देशन

  •  
  •  
  •  
  •  

पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले सप्तरीको कञ्चरुप नगरपालिकालाई निर्देशन दिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कंचनरुप नगरपालिकाले २ लाख ४३ हजार खर्चेर स्थानीय चार पत्रकारलाई ल्यापटप वितरण गरेको थियो।

पालिकाको सम्पत्ति बाहिर उपयोग गर्न दिन नमिल्ने भन्दै फिर्ता लिएर नगरपालिकाको आम्दानीमा बाँध्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले जानकी ट्रेडर्सबाट चार थान ल्यापटप किनेर पत्रकारलाई दिएकाे थियाे ।

कमेन्ट्स
Loading...