सुचना, समाचार र मनोरन्जन

ग्रामिण कृषकलाई अर्गानिक प्रमाणिकरण सम्बन्धि क्षमता विकास तालिम सम्पन्न

  •  
  •  
  •  
  •  

पोखरा /

स्थानिय दिगो विकास मार्फत ग्रामिण जीविका सुदृढिकरण परियोजना अन्तर्गत चिल्ड्रेन नेपालको आयोजना र डिव डेनमार्कको सहयोगमा अर्गानिक प्रमाणिकरण सम्बन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ ।

अन्नपुर्ण गाउँपालिका वडा न. १ लेवाडेमा अवस्थिति चिल्ड्रेन नेपालको भवनमा भएको उक्त तालिममा परियोजना सुरु भएको अन्नपुर्ण गाउँपालिकाको लेवाडे ,फलापानी र तनहुँ म्याग्दे गाउँपालिकाको गुन्जराका करिब २२ कृषकको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवाराज कुंवारले चिल्ड्रेन नेपालले अर्गानिक कृषिका लागि गरेको पहल कदमको खुलेर प्रशंसा गरे ।

उनले कृषि र कृषि उत्पादन बढाउन गाउँपालिका हर सम्भव लागिरहेको बताउदै जनतामा काम गर्ने जागँरको खाचोँ भएको बताए । गाउँपालिकाले आफ्नै नर्सरी मार्फत विभिन्न विरुवा उत्पादन गदै आएको बताउदै त्यस्ता कार्य समुदायका कृषकहरुले आफै गर्नु पर्ने कुरामा जोड दिए । उनले गाउँवासी सबैलाई आफुले उपभोग गर्ने तरकारी कम्तिमा पनि आफै उत्पादन गर्न आग्रह समेत गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले उत्पादनलाई बढाउँदै कृृषिमा आत्मानिर्भर हुन गाउँपालिकाले विषेश प्राथमिकताका साथ कृषिमा बजेट छुटाउदै आएको बताए । अन्नपुर्ण गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष भरत जड्ड कुवरले उत्पादन नगरी स्वाभलम्वन बन्न नसकिने भएकाले समृद्ध नेपालको परिकल्पना साकार बनाउन स्वच्छ कृषि उत्पादनमा जोड दिनु पर्ने बताए ।

२ दिने क्षमता विकास तालिमको सहजीकरण वरिष्ठ वाली विज्ञ धन बहादुर रानाले गरेका थिए । कार्यक्रममा तालिममा सहभागीको तर्फबाट बाल कृष्ण दाहाल र देव दाहालले अर्गानिक कृषिका क्रममा आफुले भगेको अनुभव सनाउदै तालिम निकै प्रभावकारी भएको बताए ।

कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिल्ली राम पौडेल , रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी , ग्रामिण जीविका सुदृढिकरण परियोजना संयोजक शिव प्रसाद चापागाई लगाएतले मन्तव्य राखेका थिए । चिल्ड्रेन नेपालका वर्तमान कार्यसमिति सचिव जयन्द्र भट्टराइको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन कार्यक्रम संयोजक डुमनाथ शर्माले गरे ।

कमेन्ट्स
Loading...