सुचना, समाचार र मनोरन्जन

गरिमाका ग्राहकलाई बनेपाको ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्मको छुट

  •  
  •  
  •  
  •  

पोखरा /

पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकले छुट पाउने भएका छन् । बुधबार बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

कमेन्ट्स
Loading...