सुचना, समाचार र मनोरन्जन

रमेश रेग्मीकाे ‘जीवनकाे सपना’ विमाेचन

  •  
  •  
  •  
  •  

वासु शशी स्मृति परिषद्काे आयाेजनामा साहित्यकार रमेश रेग्मीकाे दाेश्राे उपन्यास ‘जीवनकाे सपना’ विमाेचन भएको छ।

विमाेचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि कृष्ण जाेशीले कृतिकाे विमाेचन गर्दै वैदैशिक राेजगारमा जानेकाे पिडालाई मार्मिक रुपमा उठाएकाे बताए।

परिषद्का अध्यक्ष गणेश रसिककाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जाेशीले स्वागत गर्दै उपन्यासकार रेग्मी अस्वस्थकाे कारणले अनुपस्थित भएकाे जानकारी दिए । साहित्यकार ध्रुब मधिकर्मीले उपन्यासले मानवीय समस्यालाई राम्राे उजागर गरेकाे बताए ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, साहित्यकार श्याम प्रधानले शुभकामना मन्तव्य राखे । लाेक प्रकाशनबाट प्रकाशित ‘जीवनकाे सपना’ उपन्यासकार रेग्मीकाे दाेश्राे उपन्यास हाे ।

कमेन्ट्स
Loading...