सुचना, समाचार र मनोरन्जन

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित

  •  
  •  
  •  
  •  

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना संक्रमित भएका हुन् । सोही अवधिमा २१८ जनाको भाइरस संक्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि संक्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले संक्रमितहरूको सङ्ख्या घट्दै गएको हो । त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ । गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

ती मध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो ।

कमेन्ट्स
Loading...