सुचना, समाचार र मनोरन्जन

वेस्टर्न युनियनले ल्यायो क्यास उत्सव योजना

  •  
  •  
  •  
  •  

पोखरा /

वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर ‘क्यासउत्सव’ योजना ल्याएको छ । यस योजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटिटि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक योजना अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।

यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जत्नेछ । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...