सुचना, समाचार र मनोरन्जन

२ करोडको लगानीमा मल्टी सुपर स्पेशालिटी सहित ‘मेघा हेल्थ केयर क्लिनिक’ सञ्चालनमा

  •  
  •  
  •  
  •  

मल्टी सुपर स्पेशालिटी सहित गण्डकी प्रदेशमा पहिलो पटक मेघा हेल्थ केयर, क्लिनिक सञ्चालनमा आउने भएको छ।

प्रदेशमै पहिलोपटक सुपर स्पेशालिटीको माध्यमबाट सम्पूर्ण रोगको उपचार गर्ने हेतुले सञ्चालनमा आउन लागेको क्लिनिकको एक कार्यक्रम बिच पोखराको शभागृहमा शुभसाइत गरिएको हो।

करिब २ करोडको लगानीमा प्रदेशमै पहिलोपटक क्लिनिक सञ्चालनमा ल्याएको बाथ तथा प्रतिरक्षा रोग बिशेषज्ञ डा. राम कृष्ण गिरीले जानकारी दिए।

आम सर्वसाधारण जनताले प्रदेश संगै पोखरामा उत्कृष्ट उपचार सहित एकै ठाउमा सबै रोगको उपचार होस् भन्ने उद्श्यका साथ क्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. गिरीले बताए।

क्लिनिकमा सुपर स्पेशालिटीको माध्यमबाट बाथ रोग, सुगर, थाइरण तथा मुटु रोग सम्बन्धि बिशेषज्ञ डाक्टरबाट उपचार सेवा प्रदान गर्ने सञ्चालक डा. गिरीले बताए ।

साथै क्लिनिकमा एउटै छाना मुनि सम्पूर्ण जर्नल सेवा संगै बाझोपनको उपचार तथा सहजीकरण गरिने डा. गिरीले जानकारी दिए। उनले भने, क्लिनिकबाट स्वास्थ्य उपचार संगै रोग संग लड्ने प्रतिरक्षा क्षमताको बिषयमा पनि आफुहरुले सर्वसाधारणलाई सहजीकरण गर्ने बताए ।

कमेन्ट्स
Loading...