सुचना, समाचार र मनोरन्जन

सन्तोषको ‘म नेपाल हो’ राष्ट्रिय गीत सार्वजनिक ( भिडियोसहित )

  •  
  •  
  •  
  •  

राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो रिलिज भएको छ । आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा बादल थापा मगरको स्वर रहेको छ ।

अजय अधिकारीको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका हुन् । सन्तोष अधिकारीको लगानी रहेको गीतमा लगानीकर्ता अधिकारी स्वयमले अभिनय गरेका छन् l गीतमा अभिनेता अधिकारीले २० भन्दा बढी क्यारेक्टरमा अभिनय गरेका छन् ।

निशान कश्यपको निर्देशन रहेको गीतमा सह कलाकारको रूपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । गीतलाई उत्तम हुमागाईँले छायांकन गरेका हुन् । निर्माता अधिकारीको लगानी रहेको फिल्म तीन जन्तु प्रदर्शनको पखाईमा रहेको छ । सार्वजनिक भिडियोलाई ‘ए एस् ए इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

निर्माता अधिकारीको लगानी रहेको सिनेमा तीन जन्तु प्रदर्शनको पखाईमा छ। भने उनले आमा र घरमा सह निर्माताको रुपमा काम गरेका छन्। उनले फेसन शोको पनि आयोजना गर्दै आएका छन्।

हेर्नुहोस् भिडियो  :

कमेन्ट्स
Loading...