सुचना, समाचार र मनोरन्जन

आमा बनिन् नायिका प्रियंका कार्की

  •  
  •  
  •  
  •  

नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेका हुन् । उनीहरूले छोरीको नाम आयंका कार्की जोशी नामाकरण गरिसकेका छन्।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

कमेन्ट्स
Loading...