सुचना, समाचार र मनोरन्जन

जोहान र मारिनाले अस्ताममा गरे विवाह [ तस्बिरसहित ]

नेपालमा म्यारिज टुरिजमको ढोका खुल्यो

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /   

                                                                                                 परिचय फिचर 

असोज महिनाको सुरुवाती दिन, पोखराको उत्तरपश्चिम माछापुच्छ«े गाउँपालिका अस्तामको इको भिलेजमा बिहेको बाजा बज्यो । सोही भिलेज परिसरमा विवाहको यज्ञ लगाइएको थियो । रङ्गीचङ्गी धजापताका र धेरै मानिसहरूको चहलपहलले विवाहको रौनक बढाएको थियो । यज्ञमा पण्डित मन्त्रोच्चारण गर्दै थिए । यज्ञको मण्डपमा ढाका टोपी र इष्टकोटमा सजिएका बेहुला थिए नेदरल्याण्डका जोहान । गुरुङ पहिरहनको चोलो, घलेक, पेटी, फरिया र सलमा सजिएकी बेहुली थिइन फिलिपिन्सकी मारिना ।

नेपाल जाऊँ, सुन्दर हिमाल हेरांै, त्यही हिमालको काखमा माया गासांै । मायाको काखमा सदाको लागि जीवनसाथी बनांै र प्राकृतिक सुन्दरतामा परिवारको सुन्दरताको भविष्य देखौं भन्ने भावनाले नै यो अन्तर्राष्ट्रिय विवाह अस्ताममा भएको थियो ।

नेदरल्यान्ड निवासी ३३ वर्षीय मोसन ग्राफिक डिजाइनर यिलियम जोहन बोस्मा र फिलिपिन्स, पालावन निवासी ३२ वर्षीय योगा शिक्षक मारिना मेन्डोजा बुलाङको २ वर्ष पहिले इन्डोनेशियाको बालीमा भेट भएको थियो । पहिलो भेटमा नै गहिरो माया बस्यो । जोहान र मारिनाबिचको माया विवाहमा परिणत हुने त निधो भयो तर कहाँ कसरी गर्ने भन्ने बारे टुङ्गो लागेको थिएन । ३ वर्ष पहिले मारिना आफ्नो बुबाआमा र परिवारसहित नेपाल घुम्न आएकी थिइन् । उनलाई नेपालको प्रकृति र संस्कृतिले लठ्ठै पारेको रहेछ । नेपाली माया भुलेकी रहिनछन् । मारिनाले नै नेपाल जाने र उतै विवाह गर्ने सल्लाह दिइन् । जोहनले पनि नेपालबारे थाहा नभएकाले गुगल हेर्न थाले । अनि थाहा पाए नेपालको हिमाल र समग्र प्राकृतिक दृश्यबारे । उत्साहित हुदै दुवैले नेपाल जाने योजना बनाए ।

विड्म्वनाको आइ लाग्यो, विश्वभर फैलिएको कोरोना प्रकोपले दुनियाँलाई तहसनहस पा¥यो । भौतिकदूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्डले उनीहरूको योजना पनि पर्ख र हेरमा थन्कियो । गतवर्षको चैत्र आखिरीमा बन्दाबन्दी केही खुकुलो, हुनसाथ उनीहरू डाँफेचरीले वेग हाने झैं गरी नेपाल आए । काठमाडौं आउनसाथ कोरोनाको दोस्रो लहर पनि आइहाल्यो । करिब ३ महिना एउटै कोठामा बसेर उकुसमुकुसमय समय कटाए । असारको अन्त्यतिर नेपालमा विवाह गर्नका लागि के गर्नु पर्छ, कसरी गर्ने भन्ने बारे बुझ्न थाले । यसैक्रममा उनीहरूको भेट रेशम सिंहसँग भयो । रेशमले पर्यटकलाई नेपाली संस्कृति पढाउने काम गर्थे । उनैको सल्लाहअनुसार नेपाली अदालतमा नै विवाह दर्ता गर्न सकिने र नेपाली परम्परा तथा स्थानीय भेषभूषामा विवाह गर्ने तय भयो । मारिनाका लागि नेपाल र पोखरा नौलौ थिएन । त्यसकारण पोखरामा गएर बिहे गर्ने निधो गरे । यस काममा सहयोगी भै आए पोखरा कै कमला घले र टिना । टिना फिलिपिनी महिला हुन् तर नेपालीसँग विवाह गरी पोखरामा व्यवसाय गरेर बसेको नै १२ वर्ष भएको रहेछ । नेपाली र फिलिपिनी भाषा राम्रोसँग बुझ्ने बोल्ने हुँदा उनको सहयोगमा कमला घलेको स्थायी ठेगाना राखी कास्की जिल्ला अदालतमा ‘कोट म्यारिज’ का लागि दरखास्त दिए ।

पोखरा महानगरपालिका वडा नं. १६ को अस्थायी बनि दिएको उक्त विवाह दर्ता निवेदन अदालतका लागि पनि नौलो विषय मात्रै बनेन पहिलो नै बन्यो । किनकी दुवै पतिपत्नी विदेशी नागरिक थिए । यसभन्दा पहिले गण्डकी प्रदेशको कुनै अदालतमा यस्तो विवाह दर्ता भएको थिएन । यस अगाडि नै केटा र केटीले आफ्नो देशको राजदूतावास मार्फत् अविवाहित र आफ्नो देशको नागरिक भएको प्रमाणपत्र झिकाएका थिए । त्यसलाई नेपालको परराष्ट्र मन्त्रालयले परीक्षण पनि गरी सकेकोे थियो । यसरी सबै आवश्यक कागजात उपलब्ध गराए पनि अदालतका लागि नौलो अभ्यास भएकाले रजिष्टार कार्यालय तथा सम्बन्धित सबै निकायमा सोधपुछ गर्दा २ महिना त्यसै बित्यो । अन्तत्वगोत्वा गत भदौ ९ गते कास्की जिल्ला अदालतले मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता गरी उनीहरूको एक अर्कामा पतिपत्नी स्वीकार्ने निवेदन बमोजिमको प्रमाणपत्र (कोर्ट म्यारिज सर्टिफिकेट) दिएको थियो । विदेशी नागरिकले पनि ‘कोट म्यारिज’ गर्न पाइने प्रावधान अनुसारको प्रक्रियाबाट विवाह दर्ता भएको पहिलो प्रमाणपत्र भन्दै दिँदा जोहान र मारिना मात्रै होइन उपस्थित सबै दङदास परे ।

पोखरा बसाइको क्रममा मारिना पहिले नै अस्ताम गाउँको अन्नपूर्ण इको भिलेजमा पुगेकी रहिछन् । फेरि जान मन लाग्यो उनलाई । इको भिलेजमा रहँदा त्यसका सञ्चालक विश्व अधिकारीले नेपाली परम्परा र सँस्कार अनुसार यही विवाह गर्न सुझाएछन् । अधिकारी कै योजनाअनुसार त्यहाँ पञ्चे बाजा बजेका थिए, यज्ञ र विवाह घरको रौनक थियो । पोखरामा रहेका फिलिपिनी, अस्तामका गाउलेहरू, पत्रकार र बाजाटोली गरी करिब ६० जनाको उपस्थितिमा उनीहरूले विवाह गरे । यज्ञको काम लगायत केही परको देवीस्थानसम्म बाजागाजासहित जन्ती पुगेर फर्किए । यसरी दुवै विदेशी नागरिक नेपालमा आई कानुनी र वैधानिक रूपले अदालती प्रक्रिया पु¥याइ परम्परागत शैलीमा विवाह समेत गरे ।

प्राकृतिक र साँस्कृतिक विविधताले भरिपूर्ण नेपालमा वर्षेनी हजारौं पर्यटक हिमाल चढ्न् र जोखिमपूर्ण यात्रामा रमाउन आउँछन् । केही पदयात्रा गर्न, विभिन्न ठाउँको अवलोकन गर्न, साहसिक खेल र मनोरञ्जनमा रमाउन आउँछन् । कोही नेपाली संस्कृति, समाज, समुदाय र मानिसका बारेमा चासो राख्न आउँछन् । विश्वका विभिन्न देशमा पर्यटकीय स्थलहरूको आआफ्ने विशेषता छन् ।

नेपालमा अब म्यारिज टुरिजमको दैलो खुलेको कुरा पर्यटन व्यवसायी विश्व अधिकारीले बताए । म्यारिज टुरिजमको विकास गर्न, यसमा भएको व्यवस्थालाई सहजीकरण गरी विश्वभर प्रचारप्रसार गर्दा वर्षेनी हजारौं पर्यटकलाई विवाहको निम्तो दिन सकिन्छ । नेपाल हिमालले मात्रै होइन विवाह पर्यटनले पनि प्रख्यात हुन सक्छ । आफ्नो हुनेवाला फियान्से (प्रेमी) लाई नेपाल जाऊँ, हिमाल हेरौं अनि हिमालको काखमा विवाह गरौं, सदैव एक अर्काको काखमा रमाऔं भन्ने प्रस्ताव राख्न सक्छन् या मुड चल्न सक्छ । पर्यटन क्षेत्रले यसको सम्भाव्यता र योजना बनाउने हो भने नेपाल ‘म्यारिज स्पट’ बन्न सक्छ । सात समुद्र पारीबाट पोखरा आई, अस्ताममा पुगी नेपाली परम्पराअनुसार विवाह गर्ने जोहान र मारिनाको दाम्पत्य जीवन माछापुच्छ«े जस्तै उचो रहोस् । हार्दिक बधाई र सतत् शुभकामना ।

कमेन्ट्स
Loading...