सुचना, समाचार र मनोरन्जन

युएईको अल्फरदान एक्सचेन्जबाट जिएमइ रेमिटमा पैसा पठाउँदा ५ लाख उपहार पाइने

  •  
  •  
  •  
  •  

पोखरा /

जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगको सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका योजना ल्याएको छ ।

यस योजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् । यो योजना कात्तिक ४ गते सम्म कायम रहने जिएमइ रेमिटले जनाएको छ ।

कमेन्ट्स
Loading...