सुचना, समाचार र मनोरन्जन

एनएमबि बैंकको सहयोग : मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  •  
  •  
  •  
  •  

एनएमबि बैंक लिमिटेडले मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बैंकले मनकामना मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको निम्ति प्रयोग गर्न समितिलाई मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

बैंकले समितिलाई हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरुमा ४५ प्याकेट माक्स र ३० लिटर सेनिटाइजर रहेको छ। उक्त सामाग्री बैंकका गण्डकी प्रदेश कार्यालयका सिनियर क्षेत्रीय प्रबन्धक सुमित राम बैध र सिनियर क्रेडिट रिक्स म्यानेजर सन्जिव खनालको आतिथ्यमा समितिका सदस्यद्वय सदस्य हरी श्रेष्ठ र पृथ बहादुर थापालाई हस्तान्तरण गरेको हो।

बैंकले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्री मनकामना मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरुको निम्ति माक्सको प्रयोग होस् भन्ने अभिप्रायले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंक मनकामना शाखा प्रमुख सरोज श्रेष्ठले बताए।

कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना मन्दिर भदौ २३ गतेबाट सर्वसाधारणका लागि पूजा गर्न खुला गरिएको थियो। मन्दिर खुलेता पनि जोखिम कायमै रहेको भन्दै शहिद लखन गाउँपालिकासँगको सहकार्यमा समितिले मन्दिर परिसरमै हेल्थ डेक्सको स्थापना गरेको छ। सोहि हेल्थ डेक्स मार्फत दर्शनार्थीहरुलाई उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने समितिले जनाएको छ।

कमेन्ट्स
Loading...