सुचना, समाचार र मनोरन्जन

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो: ३ जना बेपत्ता, एक घाइते

  •  
  •  
  •  
  •  

काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन् ।

पोखरा जाँदै गरेको ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट्स
Loading...