नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा कास्की काग्रेसका निर्वतमान सचिव राम राज लामिछानेले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ९ गते पोखरामा हुने अधिवेशनमा लामिछानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष समेत रहेका लामिछानेले काँग्रेसको कमजोर संगठनलाई बलियो बनाउन आफुले पोखरा नगर सभापतिमा उम्मेदवार दिएको उनको भनाई छ ।

पोखरा महानगर दलको नेता समेत रहेका उनले भने, ‘संगठन मजबुत बनाउन र आगामी चुनाव जित्नका लागि सभापतिमा मेरो उम्मेदवारी हो।’आउँदा स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पोखरा र कास्कीमा कांग्रेस उम्मेदवारलाई जिताउने गरी कांग्रेसलाई चुस्तदुरुस्त बनाउन आफूले महानगरपालिकाको पदाधिकारीमा जानुपर्ने आवश्यकता देखेको लामिछानेले बताए ।
विद्यार्थी जिवनदेखि राजनीतिमा लागेका लामिछाने पहिलो पटक विं स. २०३६ सालमा लक्ष्मी आदर्श हाइस्कुलमा नेपाल विद्यार्थी सघंको अध्यक्षको जिम्मेवारी लिएका थिए । वि. सं २०३८ सालमा नेपाल विद्यार्थी सघं पृथ्वीनारायण क्याम्पस इकाईको सचिव बनेका थिए ।
विभिन्न पदमा रही नेतृत्वदायी भूीमकाको अनुभव लिएका लामिछाने २०७२ सालमा नेपाली काग्रेंस कास्कीको जिल्ला समिति सचिव र हाल पोखरा महानगरपालिका वडा नं ९ को वडा अध्यक्षमा निर्वाचित भइ पार्टीका तर्फबाट दलको नेता तथा सचेतक रहेका छन् ।
पोखरा महानगर समितिको सभापतिमा ६ जनाको उम्मेदवारी छ । अध्यक्षमा लामिछाने सहित गंगाधर पराजुली, सुरेन्द्रमान बिजुक्छे, मिलन प्रसाद तिवारी, मोहन प्रसाद बास्तोला र ज्योती हमालले उम्मेदवारी दर्ता गराएका छन् ।