सुचना, समाचार र मनोरन्जन

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले आजदेखि कार्यभार सम्हाल्ने

  •  
  •  
  •  
  •  

पोखरा /

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ् राईले आजदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

उनी बैंकको पहिलो नेपाली सीईओ पाएको छ । ६ महिनाअघि नै सञ्चालन समितिले उनलाई सीईओ नियुक्त गरे पनि प्राविधिक कारणले कार्यभार सम्हाल्न ढिला भएको हो ।

सीईओ खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव छ ।

साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।

कमेन्ट्स
Loading...