सुचना, समाचार र मनोरन्जन

धितोपत्रको नबिकरण शुल्क समयमै बुझाउनूः नेप्से

पोखरा /

नेपाल स्टक एक्सचेञ्ज  लिमिटेड (नेप्से) ले सुचिकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नेप्सेले चालू आव २०७८/७९ को वार्षिक नबिकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो ।

सूचीकृत कम्पनीहरुमध्य रू. ५० करोडसम्म चुक्ता पूँजी रहेको कम्पनीले रू. ५० हजार र रू. ५० करोड भन्दा बढी चुक्ता पूँजीका भएका कम्पनीले रू. एक लाख वार्षिक शुल्क बुझाउनुपर्ने नेप्सेको भनाई छ ।

त्यस्तै डिबेञ्चर  र म्युचुअल फण्डहरुको हकमा चुक्ता पूँजी रू. ५० करोड सम्म भएकाहरुले रू. २५ हजार र रू. ५० करोड भन्दा बढी भएकाले रू. ५० हजारे वार्षिक नबिकरण शुल्क तिर्नुपर्नेछ । तोकिएको समय अवधिमा नबीकरण शुल्क नबुझाएमा नबिकरण शुल्को वार्षिक १० प्रतिशत दरले जरिवाना लाग्ने र धितोपत्रको सुचिकरण स्थगन गर्ने जानकारी नेप्सेले गराएको छ ।

कमेन्ट्स
Loading...