सुचना, समाचार र मनोरन्जन

गायिका इन्दिरा जोशीलाई खुम्बुमा पुगेर प्रेमी केडियाले राखे प्रेम–प्रस्ताव

  •  
  •  
  •  
  •  

काठमाडौं /

गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । गायिका जोशीले दुई वर्षदेखिको प्रेमी शरद केडियालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

उनले फेसन डिजाइनर रहेका शरदले आफूलाई औठी लगाएर विवाह प्रस्ताव गरेको तस्वीर राखेकी छन् । ‘उनले सोधे–तिमी मसँग विवाह गर्छौ रु । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो स्टार’, इन्दिराले लेखेकी छन् ।

‘नेपाल आइडल’को सिजन ३ सम्म निर्णायक रहेकी इन्दिरालाई शरदले हेलिकप्टरमा खुम्बु लगेर विवाह प्रस्ताव गरेका हुन् । हेलिकप्टरका क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो राखेका छन् ।

३५ वर्षीया इन्दिरा गायन रियालिटी शो ‘नेपाली तारा’बाट उदाएकी हुन् । ‘नेपाली तारा’को ताज नजितेपनि त्यसयता उनी गायनमा चम्किँदै गइन् । उनी पार्श्र्वमा आईटम गीतमा बढी रुचाइएकी गायिका हुन् ।

कमेन्ट्स
Loading...