सुचना, समाचार र मनोरन्जन

दसैंमा घर जाँदै हुनुहुन्छ,बढ्यो भाडा – पोखराबाट कहाँ पुग्न कति लाग्छ ?

  •  
  •  
  •  
  •  

सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन।

निर्धारित भाडादर अनुसार अब पोखराबाट काठमाडौं यात्रा गर्दा ४२८ रुपैया तिर्नुपर्ने हुन्छ । यस अघि यो रुटमा भाडादर ३८९ कायम थियो । सबैभन्दा कम भाडा पोखरादेखि बागलुङको १८३ रुपैया तथा सबैभन्दा धेरै पोखराबाट नारायणगढ हुँदै महेन्द्रनगरको ७२६ किलोमिटर दुरीको यात्रालाई १३८६ रुपैया तिर्नुपर्छ ।

पोखरा – काकडभिट्टा यात्रा गर्दा १०८५ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी काठमाडौं-पोखरा -वालिङ हुँदै भैरहवाको ८७७ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै दाङ- नारायणघाट हुँदै पोखराको ८०४ रुपैया तथा दाङ- स्याङजा – पोखरा हुँदै बाग्लुङको ९०६ रुपैया तोकिएको छ ।

यस्तो छ भाडा दर :

टेबलमा क्रमशः ठाउँ , दुरी, पहिलेको भाडा र हालको भाडा  :

कमेन्ट्स
Loading...