सुचना, समाचार र मनोरन्जन

नव-कलाकार देलविस र राजसँग बोल्ड साम्राज्ञी ( तस्वीरहरु )

  •  
  •  
  •  
  •  

डेब्यु फिल्म ‘ड्रिम्स’मार्फत नै प्रभाव छाडेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा समेत देखिन थालेकी छन् । दर्शकले अब नयाँ एक गीतको भिडियोमा उनलाई देख्न पाउने भएका छन् ।

उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीमा छिन् । निर्माताद्धय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु नव–कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले काम गर्न लागेकी हुन् ।

‘माया पिरेम’ बोलको गीतको छायांकन केही दिनमै हुनेछ । यो गीतमा विश्व नेपाली र अस्मिता अधिकारीको स्वर छ । डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।

गीतको भिडियोमा दिपेश सापकोटाको निर्देशन, माइकल चन्दको कोरियोग्राफी रहनेछ । काठमाडौं वरिपरीका विभिन्न स्थानमा यो गीतको भिडियो खिचनेछ । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

कमेन्ट्स
Loading...