सुचना, समाचार र मनोरन्जन

‘नेपाली कांग्रेस पोखरा महानगरको सभापति’मा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी गंगाधर पराजुलीलाई ६८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो । शनिबार भएको निर्वाचनमा कुल १ हजार ३ सय ७० मतदातामा १ हजार ३ सय ४४ मत खसेको थियो । जसमध्ये सुरेन्द्रले ४१४ मत प्राप्त गरेका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

रामराज लामिछानेको २०९ मत आउँदा मिलन प्रसाद तिवारीले १५३ मत प्राप्त गरे । मोहन प्रसाद बास्तोलाले १२६ मत ल्याएका छन् भने ज्योती हमाल सबैभन्दा कम ११ मत प्राप्त गरेकी छिन् । उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् ।

सचिवमा टुबराज बास्तोला र गणेश बहादुर थापा चयन भएका छन् । बास्तोलाले ८५८ मत ल्याएका छन् भने थापाले ७८९ मत प्राप्त गरेका छन् । सहसचिवमा संघर्ष कोइराला र संजय आले विजयी भएका छन् । कोइरालाले ५८० मत प्राप्त गरेका छन् भने आलेले ४६५ मत प्राप्त गरेका छन् ।

 

कमेन्ट्स
Loading...