सुचना, समाचार र मनोरन्जन

शान्तिप्रिय र अनामिकाले गरे ‘माया गर्ने मान्छे’मा सहकार्य [ भिडियो ]

  •  
  •  
  •  
  •  

काठमाडौं /

अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शान्तिप्रियको शब्द, राम सिटौलाको संगीत र राजेन्द्र बजगाईंको एरेञ्ज छ।

गीतको भिडियोमा गायिका अनामिका नै फिचर्ड छिन् । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थापाको प्रोडक्सन छ।

छायाँछवि क्रिएसनले निर्माण गरेको भिडियोमा शान्तिप्रियकै निर्देशन छ । भिडियो सीसी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...