सुचना, समाचार र मनोरन्जन

बूढानीलकण्ठमा वडा कार्यालयको शौचालयमा शव फेला

  •  
  •  
  •  
  •  

काठमाडौं /

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

कमेन्ट्स
Loading...