सुचना, समाचार र मनोरन्जन

आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

  •  
  •  
  •  
  •  

बाँके /

आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको  खबर पाएपछि  ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बाकीँ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् ।

कमेन्ट्स
Loading...