सुचना, समाचार र मनोरन्जन

नेपालमा थप ८३४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौं /

पछिल्लो २४ घण्टामा  नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्। एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ।

साथै यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृत्यु भएको छ।

कमेन्ट्स
Loading...