सुचना, समाचार र मनोरन्जन

अफगानी नागरिकलाई दाह्री नकाट्न तालिबानको रोक

  •  
  •  
  •  
  •  

अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले अफगानी नागरिकलाई दाह्री काट्नमा रोक लगाएको छ ।

नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लाम धर्म उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो ।

तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको उर्दी उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ ।

तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो कडा शासन फर्किएको संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर उनीहरूले शब हेरात राज्यको सडकमा झुन्ड्याएका थिए ।

कमेन्ट्स
Loading...