सुचना, समाचार र मनोरन्जन

खुल्यो दसैंमा गाउँघर जाने बसको अग्रिम टिकट, टिकट लिन लाइन ( फोटो फिचर )

  •  
  •  
  •  
  •  

काठमाडौं /

दसैंका लागि लामो दूरीको बसको अग्रिम टिकट खुलेसँगै सोमबार बिहान काठमाण्डाैंकाे गोंगबुस्थित नयाँबसपार्कको टिकट काउन्टरमा टिकट काट्न भीड लागेको छ । सरकारले सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ। भिडभाड कम गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ पनि थप गरेको छ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला नगरिएको भए पनि यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरू थप्दै जाने बताए ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

कमेन्ट्स
Loading...