सुचना, समाचार र मनोरन्जन

पाेखरा महानगरपालिकाका मेयर जिसीकाे ‘कार्निओप्लाष्टी’ शल्यक्रिया सफल

  •  
  •  
  •  
  •  

मष्तिस्कघातका कारण काठमाडाैंमा उपचाररत पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीकाे शल्यक्रिया सफल भएकाे छ । जिसीको शल्यक्रियापछि अब बल्ल सामान्य दैनिकीमा फर्कन पाउने जनाइएको छ ।

मेयरका प्रेस संयाेजक माधव बरालका अनुसार शल्यक्रियापछि उनलाई पाेष्ट अपरेटिभ वार्डकाे आइसियुमा राखिएकाे छ । शल्यक्रियामा संलग्न चिकित्कसले अपेरशन राम्राे भएकाे बताएका छन् । मेयर जिसीकाे काठमाडाैं बाँसबारीस्थित न्यूराे हस्पिटलमा कार्निओप्लाष्टी शल्यक्रिया गरिएकाे हाे ।

अघिल्लाे हप्ता साेमबारकै दिन अपरेशन गर्ने तयारी गरिएकाे भएपनि पिसाबमा इन्फेक्शन भएका कारण सम्भव भएकाे थिएन। कार्निओप्लाष्टी सर्जरी भनेकाे टाउकाेकाे माथिल्लाे भागकाे हड्डी प्रत्याराेपण गर्ने हाे। मतिष्तस्कघातका कारण टाउकाेकाे भित्री भाग सुन्निएपछि साे हड्डी बाहिर निकालेर उपचार गरिन्छ। भित्री घाउ ठिक भएपछि साे हड्डी प्रत्याराेपण गर्ने गरिन्छ ।

फिजियाेथेरापी जारी राख्नु पर्ने भएपनि अन्य उपचार अब पुरा भएकाे बताउदै प्रेस संयाेजक बरालले टाउकाे टाँका खाेलेपछि मेयर जिसी पाेखरा आउने जानकारी दिए । गत साउन १ गतेदेखि बिरामी मेयर जिसीलाई साेही दिन हेलिकाेप्टरबाट काठमाण्डाैं लगिएकाे थियाे ।

कमेन्ट्स
Loading...