सुचना, समाचार र मनोरन्जन

छायांकनका क्रममा भाचियो निर्देशकको हात, रोकियो ‘कर्कले मामाको चौतारी’

  •  
  •  
  •  
  •  

पोखरा, श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन रोकिएको छ। छायांकनका क्रममै निर्देशक बासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएकोले छायांकन २ हप्ताको लागि स्थगित भएको जानकारी निर्माता घनश्याम लामिछानेले जानकारी दिए।

कर्कले मामाको शिर्ष भूमिकाको एक दृश्य छायांकनका क्रममा उक्त दुर्घटना भएकोले निर्माण युनिट दुखित भएको र शुटिङको काम हाल केही हप्ताका लागि रोकिए पनि सिरियलको कार्यशाला भने १५ गतेबाट पुन सन्चालन भएको समेत जानकारी निर्माता मणिरत्न शर्माले जानकारी दिए। बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बन्ने लागेको सिरीयललाई फिल्म निर्देशक घनश्याम लामिछाने र मणिरत्न शर्माले मिलेर निर्माण गर्न लागेका हुन।

सिरीयलको लेखक तथा निर्देशक बासुदेव पोखरेलले अब दशै पछि आफ्नो हात ठिक हुने र पुनः नयाँ जोश र जागर का साथ काम गर्ने बताए।‘कर्कले मामाको चौतारी’ मा प्रज्ञा जोशी, शुशिल पोखरेल, लेखक तथा निर्देशक बासुदेव पोखरेल, तुलासा क्षेत्री, प्रज्वल भित्रीकोटी, राज थापा, अबिराज, ममता अधिकारी, शरु शर्मा, दिपेश लामिछाने, राजकुमार गुरुङ, श्यामसुन्दर कार्की, नवराज लामिछाने, कपिल शर्मा, प्रेम क्षेत्री, प्रताप सापकोटा, धनबहादुर कार्की, लक्ष्मी घिमिरे, इच्छा घिमिरे, शिव बहादुर बराल लगाएतका कलाकारहरुको अभिनय रहने छ।

श्याम सुन्दर कार्की र अन्जली पोखरेलको सह-निर्देशनमा तयार हुने सिरीयलमा सिद्धार्थ गौतम र गौसब गुरुङको छायांकन, अराज केशब र किशोर सुवेदीको संगीत रहेको छ। सिरीयलमा समावेश गीतमा संगीतकार किशोर सुवेदी र दिलिप श्रेष्ठले स्वर भरेका छन।

कास्कीको घार्मी गाउँमा छायाँकन भैरहेको सिरीयल, डार्क कमेडी जनरामा निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ। सिरियलको पहिलो सिजन श्याम शुक्ला फिल्मको यूट्यूबमा रिलिज हुने उनले बताए।

कमेन्ट्स
Loading...