सुचना, समाचार र मनोरन्जन

साफ च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् ​​​​माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

माल्दिभ्स साफमा पहिलो पटक नेपालसँग पराजित

  •  
  •  
  •  
  •  

काठमाडौं /

मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराउँदै विजयी सुरूआत गरेको हो।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिषले ८६ औँ मिनेटमा गोल गरेका थिए। मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।

नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित बनेको थियो । साविक विजेता तथा घरेलु टोलीविरुद्ध जितपछि नेपालले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यसअघि दुई टोली साफमा अहिलेसम्म सात खेलमा प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये माल्दिभ्सले पाँच जित्दा भने दुई बराबरीमा टुंगेको थियो ।

पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

तस्बिरहरू : विवेक सुवेदी/ एन्फा

कमेन्ट्स
Loading...