सुचना, समाचार र मनोरन्जन

फेवाकिनारमा डब्लुएचओ नेपालका प्रमुख सहित “वाक द टक”

  •  
  •  
  •  
  •  

पोखरा /

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनपलाई स्वस्थ राख्ने उद्देश्यका साथ शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटट्राकका हिडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

उनले विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकरात्मक असर पारेका जनाउँदै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै भएको बताए । सोही क्रममा डा. पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको पनि बताए । उनले भने, “पोखरा निकै सुन्दर लाग्यो, हिमश्रृंखला र तालतलैया निकै लोभलाग्दो रहेछ ।” उनले पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम भएको जनाउँदै यसले एकअर्का बीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने बताए । डा. पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गदैै स्वस्थ जीवनयापनमा ध्यान दिन उनको आग्रह थियो ।

डब्लुएचओको ७० औं वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान शुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिक रुपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिहरुसँगको रिभ्यू कार्यशाला चलिरहेको छ , सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरु सहितको टोलीले पोखराको फेवाकिनारमा हिड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको थियोे ।

उनले व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदै एकअर्काबीच कुराकानी गर्दा शारीरिक एवम् मानसिक स्फूर्ति बढ्ने बताए। पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिडौ भन्ने सन्देशका दिनका लागि पनि फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो । पदयात्रा अघि कार्यक्रममा सहभागिहरुले फेवा किनारमा योगध्यान समेत गरेका थिए । डब्लुएचओ प्रतिनिधि सहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

 

कमेन्ट्स
Loading...