सुचना, समाचार र मनोरन्जन

पोखरा जेसीजको अध्यक्षमा देवराज शर्मा

कास्की/

पोखरा जेसीजको अध्यक्ष पदमा देवराज शर्मा निर्वाचित भएका छन् । ४४ औं शाखा अधिवेशन तथा ४९ औं वार्षिक साधारणसभाले २०२४ का लागि शर्मा अध्यक्ष पदमा सर्वसम्मत बनेका हुन् ।

सभाले संस्थाको कानुनी सल्लाहकारमा कुशल पौडेल चयन गरेको छ भने कार्यकारिणी उपाध्यक्षमा श्रीकृष्ण सुनार छन् । यस्तै, महासचिवमा तिलकप्रसाद लामिछाने, कोषाध्यक्षमा कपिल पौडेल, सचिवमा रविन पौडेल चयन भएका छन्।

Leave A Reply

Your email address will not be published.