सुचना, समाचार र मनोरन्जन

खोलाले बगाएर २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौं /

बाँके, बैजानाथ गाउँपालिका-१ करेली बस्ने ५६ वर्षीया लालकली बुढाको सोही ठाउँस्थित करेली खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ । आफन्तकोमा गई घर फर्केने क्रममा उक्त खोलाले बगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका-३ मोरङ्गे चिसापानी बस्ने हरि बहादुर थोकरको छोरा १४ वर्षीय सुकराज थोकरको सोही नगरपालिका-३ सोहिगैंडाटारस्थित चाँदेखोलाले बगाएर शनिबार साँझ मृत्यु भएको छ ।

गैडाटार बजारमा किनमेल गरी घर फर्कने क्रममा उक्त खोला तर्न खोज्दा खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र अस्थाई प्रहरी पोष्ट गैंडाटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ४ किलोमिटर टाढा सोही खोलाको बगरमा शव फेला पारेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

कमेन्ट्स
Loading...