सुचना, समाचार र मनोरन्जन

चर्चित युवा ज्योतिष अधिकारी अभिनित ‘जय जय निलकण्ठ’ भजन भिडियो सार्वजनिक

हेर्नुहोस् भिडियो

  •  
  •  
  •  
  •  

पोखरा /

चर्चित युवा ज्योतिष हरिहर अधिकारी अभिनित ‘जय जय निलकण्ठ’ भजनको भिडियो सार्वजनिक भएको छ । गायक सुगम पोखरेलको स्वर रहेको भजनको शब्द हरिहर स्वयमले लेखेका हुन् ।

विशाल निरौलाले भजनमा संगीत भरेका छन्। भिडियोमा हरिहर शिव भक्तको भूमिकामा प्रस्तुत भएका छन् । नायिका निता ढुंगानाले भजनको निर्देशन गरेकी हुन्।

भजनमा नायिका निताको पनि अभिनय रहेको छ । भिडियोमा हरिहर फिल्म शुभ लभ पछि दोश्रो पटक स्क्रिनमा देखिएका हुन् । भिडियोलाई हरिहरको आफ्नै युट्युब च्यानल ‘मार्गदर्शन’ च्यानलबाट रिलिज गरिएको छ।

भजन भिडियो पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माण गरिएको ५२ फिट अग्लो शिव मूर्ति पेरिफेरीमा छायांकन गरिएको हो। भिडियोले धार्मिक पर्यटकलाई आकर्षण गर्ने आशा पनि गरिएको छ ।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...