सुचना, समाचार र मनोरन्जन

आइएमई पे बन्यो मिस युनिभर्स नेपालको डिजिटल पार्टनर

  •  
  •  
  •  
  •  

पोखरा /

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को लागि डिजिटल पार्टनर बनेको छ । योसँगैं मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपालले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ ।

यस वर्षको मिस युनिभर्सको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टरफाइनल हुनेछ । यस वर्ष बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

कमेन्ट्स
Loading...