सुचना, समाचार र मनोरन्जन

इसेवा चाडपर्व अफरः बैंकमा निःशुल्क पैसा पठाउन सकिने

  •  
  •  
  •  
  •  

पोखरा /

इसेवाले दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निस्शुल्क रकम ट्रान्सफर गर्न सकिनेछ ।

यस्तै बम्पर उपहारमा सय रुपैयाँमा स्कुटर योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्नेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने इसेवाले जनाएको छ ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास् अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० सम्मको क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ ।

यो योजना असोज १८ देखि २७ गतेसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्ने इसेवाले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...