सुचना, समाचार र मनोरन्जन

फक्सवागनले ‘टाइगुन’ नेपाली बजारमा भित्र्यायो, यस्तो छ विशेषता र बजार मूल्य ?

  •  
  •  
  •  
  •  

पोखरा /

जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेको नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारीक बिक्रेता पूजा इन्टरनेशनलले आइतबार नेपाली बजामा सो गाडी भित्र्याएको हो ।

केही समय अगाडि नै नेपाल ल्याउने तयारी भएको सो गाडी कोभिड–१९ का कारण आइतबार नेपाल ल्याइएको हो । फक्सवागन ग्रुपले भारतमा उत्पादन गरेको कारण नै फक्सवागनको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यो नेपाली बजारमा भित्र्याएको गरेको हो ।

कम्पनीले तीन भेरियन्टमा नेपाल ल्याएको टाइगुनको न्यूनतम मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजारसम्म तोकिएको छ । कम्पनीले सुरुवाती चरण ९केही दिनका० का लागि मात्र सो मूल्यमा टाइगुन गाडी बिक्री हुने जनाएको छ ।

टाइगुन १।० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ । डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस रहेको जनाईएको छ ।

गाडीमा सुरक्षालाई विशेष जोड दिदै इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (स्थिरता नियन्त्रण), गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन् ।

फक्सवागन टाइगुनमा १ लिटर टर्बोचार्ज्ड इन्जिनद्धारा सञ्चालित छ । जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।

पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले टाइगनमा ४० भन्दा बढी एक्टीभ र प्यासिभ सेफ्टी फिचर्स रहेको बताए । उनका अनुसार भारतमा निर्माण गरिएको सो गाडी भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजरगरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको हो । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्रहाककालागि उपयुक्त एसयुभी बन्ने कम्पनीको विश्वास छ ।

कम्पनीले पहिलो १०० ग्राहकलाई निस्शुल्क एसोसिरिज र नगद छुट दिएको छ । १ वर्षमा हजार टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । नेपाली बजारमा टाइगुनले विशेषतः स्कोडा कुशक, हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

कमेन्ट्स
Loading...