सुचना, समाचार र मनोरन्जन

सीता भण्डारी मृत्यु प्रकरण :  पतिसहित तीन जना पुर्पक्षका लागि जेल चलान

  •  
  •  
  •  
  •  

पोखरा /  तिलोत्तमा नगरपालिका- ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसंस्कार गरिएको छैन ।

 

कमेन्ट्स
Loading...