सुचना, समाचार र मनोरन्जन

‘दसैंको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र!’

  •  
  •  
  •  
  •  

दसैं-तिहारजस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ। तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैंको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो।

कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्किएकाहरू चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन्। कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ।

दसैंको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भने, ुछाक टार्न समस्या भए पनि के दसैं, के तिहार। कोरोना संक्रमण बढ्दा गत चैतमा स्वदेश आएका उनले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताए। दसैं(तिहारभन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उनको भनाइ छ।

त्यसैगरी बिहीबार बिहान भारतको हरिद्वार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ। दश वर्ष भयो हरिद्वारमा काम थालेको होु, उनले भने, यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैं नहुने घरमा बसेर के गरौंं भनेर भारत जाने लागेको हुँ। उनले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताए।

त्यस्तै, डोटीका धनादेवी रावतले दसै् छाडेर जाँदा मन अमिलो भइरहेको बताए। सबैको घरमा आज दसैंको उल्लास सुरू भयोु, उनले भने, गरिबलाई न खुसी न त सुख नै मिल्दो रहेछ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरूङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताए।

आउने बढिरहेको भए पनि जाने क्रम दसैंले छेकेको छैनु, उनले भने,हामीले चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं। उनले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिए।

उनका अनुसार विगत एक सप्ताहको तथ्यांक हेर्ने हो भने दैनिक रूपमा २५० देखि ५००र६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबारमात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न सहर गएका छन्।

विगतका वर्षमा यो समयमा सीमानाकामा दसैं मनाउन घर आउनेहरूको लर्को देख्न पाइन्थ्योु, उनले भने, यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमला लगायतका सहरतर्फ बढी जाने गर्छन्।

प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ। त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैंको मुखमा भारत जाने क्रम चलिरहेको छ। डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताए।

यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ जाने गर्छन्, उनले भने, बुधबारमात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्यांक छ। उनले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिए।

चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्, उनले भने, अहिले नाकामा आवागमन सहज पारिएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत। गाउँमा रोजगारी नपाइनुले पनि उनीहरू कोरोना भाइरस संक्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम बढ्दो छ।

कमेन्ट्स
Loading...