सुचना, समाचार र मनोरन्जन

ठुलो मात्रामा लागू औषध सहित पावरहाउसबाट १ जना पक्राउ

  •  
  •  
  •  
  •  

जिल्ला प्रहरी कार्यलय कास्कीले रुपन्देहीबाट लुकाई छिपाई ल्याउँदै गरेको ठुलो मात्राको लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गा.पा. वडा नं.-५ ३७ बर्षका हरिहर लोध रहेको कास्की प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा डाईजापाम- १५८ एम्पुल, नुर्फिन- १५८ एम्पुल, फेनार्गन- १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की र मोबाईल -१ थान सहित पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

पोखरा महागनरपालिका वडा नं.३० गगनगौडा पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्दा ल्याउँदै गरेको लागू औषध सहित पक्राउ गरेको हुदा लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

कमेन्ट्स
Loading...