सुचना, समाचार र मनोरन्जन

सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्दछ

  •  
  •  
  •  
  •  

सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्नेमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीद्धारा संकलित पुँजीलाई उत्पादनसंग जोडनुको विकल्प नभएको बताए ।

कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सो साधारण सभाको उद्घाटन गर्दै विश्वव्यापी रुपमा फेलिएको कोरोना भाइरसको कारण आर्थिक कारोवार गर्ने संस्थाहरु सवै भन्दा बढी मारमा परेको बताए ।

विश्वाका २२१ राष्ट्रहरुमा सहकारी संस्था कृयाशिल रहेको जानकारी दिंदै उनले समृद्धि र रोजगार सिर्जना गर्नका लागि सहकारीको संख्या नभई शेर पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याए। पोखरा महानगर सहकारी समितिका सदस्य राधीका शाही योगीले सहकारीहरुले प्राप्त गरेको कार्य क्षेत्रमा आप्ना गतिविधि बढाउँदै महिलालाई आय आर्जनसंग जोडने खालका गतिविधि सञ्चालन गर्नुपर्ने बताईन।

महानगर सहकारी संघका उपाध्यक्ष लक्ष्मण कोइरालाले नविनतम प्रविधि सहित उत्पादनमा सहकारी बीच प्रतिष्पर्दा हुनु पर्ने आवश्यकता औल्याए। संस्थाका सल्लाहकार संयोजक एवम् कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सहकारी समाजका विपन्न वर्गको जिविकोपार्जनसंग जोडिनु पर्नेमा जोड दिए ।

समारोहमा संस्थामा एक बर्षसम्म कारोवार गर्नेमध्ये असल ऋणीतर्फ भक्तबहादुर गुरुङ र असल कारोवारीततर्फ विनिता जिसीलाई सम्मान गरिएको थियो । बार्षिक साधारण सभाले संस्थाका अध्यक्ष बासुदेव पौडलले सांगठानिक, नितु शाहीले आर्थिक, रुकुम बहादुर जिसीले लेखा प्रतिवेदन र संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोलाले प्रस्तुत गर्नुभएको शेयर सदस्य सहयोग कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार बिष्णुबहादुर द्धारे, घारीपाटन सहकारीका सचिव लिलबहादुर जिसी, उपाध्यक्ष पवित्रा जि.सी, सचिव गणेश श्रेष्ठ, सञ्चालक कमल पौडेल लगायतले सहकारीको आवश्यकता र महत्व माथि प्रकाश पार्नु भएको थियो ।

कोरोना कहरका बीच असोज १७ गतेदेखि शुरु भएको साधारण सभा आज सम्पन्न भएको हो । चारसय तीन जना शेयर सदस्य रहेको संस्थाको साधारण सभाले ७० बर्ष उमेर पुगेका शेयर सदस्यको मासिक वचतको रकम आवश्यकता अनुसार फिर्ता गर्ने समेत निर्णय गरेको छ ।

कमेन्ट्स
Loading...