सुचना, समाचार र मनोरन्जन

मेगा बैंकको यस्तो छ फेस्टिभ अफर

  •  
  •  
  •  
  •  

पोखरा /

मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ ।

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो ।

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने बैंकले जनाएको छ ।

बैंकको अनुसार असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको छ ।

यसैगरी, चाडपर्वभर मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहहरुलाई अनुरोध गरेको छ ।

यसैबीच, मेगा बैंक नेपालले कर्पोरेट भवन बनाउन एक अर्ब रुपैयाँ बढीको जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नम्बर ५ मा एक अर्ब १६ करोड रुपैयाँ बराबरको जग्गा किन्न लागेको हो ।

असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आफ्नै नाममा भवन किन्ने निर्णय गरेको हो ।

कमेन्ट्स
Loading...