सुचना, समाचार र मनोरन्जन

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।

पोखरास्थित हरिचोकबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले जनाकारी दिए।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी हमालले जनाकारी दिए।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले सन्दीप गुरुङले बताए । जीप कलाभीरको बिच बाटोबाट तल्लो बाटोमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए ।

घान्द्रुकको कलाभीर
कमेन्ट्स
Loading...