सुचना, समाचार र मनोरन्जन

नेपाल टेलिकमको ‘एफटिएच प्रविधि’ स्याङजा जिल्लामा सुरु

  •  
  •  
  •  
  •  

नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि स्याङजा जिल्लामा पनि सुरु भएको छ ।

स्याङजाका पुतलिबजार नगरपालिकाका मेयर सिमा क्षेत्रिले एक कार्यक्रम बिच एफटिएच प्रविधिको सेवा शुभारम्भ गरेकी हुन् । मेयर क्षेत्रिले स्याङजा जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट, फोन र टिभी सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गरीन् ।

स्याङजा जिल्ला अन्र्तगत सहिद चोक एरिया, विष्णु पँधेरा, रोशनी बोर्डीङ्ग स्कुल वरीपरी र स्याङजा कारागार आसपास लगायतको क्षेत्रमा एफटिएच प्रविधि सुरु गरीएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका व्यपार प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।

नेपालको ७७ वटै जिल्लामा एफटिएच सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ५८ जिल्लामा एफटिएच सेवा सुरु गरिसकेको छ । सो सेवा सुरु गरिएको स्याङजा ६० औं जिल्ला हो ।

एकै तारवाट टेलिफोन, इन्टरनेट र टेलिभिजन लिन सकिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द् पोखरेलले बताए।

कमेन्ट्स
Loading...